Mr. Banbaarilaal Mittal
Past President
साहु हनुमान प्रशाद तथा मुनियादेवीका सुपुत्रका रुपमा वि.सं १९९२ सालमा श्री मित्तल काठमाण्डौँ स्थित बटु टोलमा जन्म भएको थियो । उहाँ सानैदेखि ब्यापारमा संलग्न हुनुहुन्थ्यो । पछि विभिन्न उद्योग तथा सामाजिक क्षेत्रमा पनि संलग्न हुनुहुन्थ्यो ।
उहाँ चेम्बरमा २०२९ सालमा प्रवेश गरी का.स. सदस्य, सचिव तथा अध्यक्ष समेत रही चेम्बरको विकाश एवम विस्तारमा सत्रिय योगदान गर्नु भएको छ ।
हेलिकप्टर सेवा, मित्तल कन्ट्रक्सन, मित्तल चिया उद्योग जस्ता विभिन्न क्षेत्रमा पनि आफ्नो सफल नेतृत्व प्रदान गर्नु भई देशको उद्योग र व्यापार क्षेत्रमा कार्यरत रहनु भएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ, त्रि.वि.वि. सभासद नेपाल स्काउटको राष्ट्रिय परिषद सदस्य, आँखा अस्पताल पशुपति विकाश कोषको संचालक सदस्य साथै विद्यार्थी कालदेखि नै उहाँ नेपाल तथा भारतका विभिन्न संगठनहरुमा संलग्न, महेन्द्र भवन विद्यालय तथा विभिन्न पुस्तकालयहरुको संचालक सदस्यहरुमा कार्यरत हुनुहुन्थ्यो ।
-
1989-1993
Past President
Nepal Chamber of Commerce (Kantipath, Kathmandu)