Mr. Janakdas Shrestha

Past President

श्री लक्ष्मीदास श्रेष्ठ र श्रीमति जानकीदेवीको कोखबाट वि.सं. १९६४ सालमा झोछेँमा जन्मनु भएका श्री जनकदास श्रेष्ठ सुरु देखि नै देशको ब्यापार ब्यवसायमा संलग्न हुनुभयो । चेम्बरको स्थापना कालदेखिनै कार्य समितिमा चुनिनु भई २०१९/२० मा उहाँ यस संस्थाको अध्यक्ष भएर नेतृत्व प्रदान गर्नुभयो ।
नेपाल पाकिस्तान बीच हवाई सेवाको विस्तारको सुअवसरमा वहाँले पाकिस्तान चेम्बर अफ कमर्सको निमन्त्रणामा नेपाल चेम्बर अफ कमर्सको प्रमण्डलको नेतृत्व गर्नु भएको थियो । सोही समय देखिनै नेपाल पाकिस्तान बीच ब्यापारको सुरुवात भएको हो । श्री श्रेष्ठ गोरखा दक्षिण बाहु चौथो बाट विभूषित हुनुहुन्छ । २०२२ सालमा नेपाल चेम्बर अफ कमर्सको भारत भ्रमणमा पनि वहाँ सम्मिलत हुनु भएको थियो ।

वहाँले शुरुमा जवाहरातको ब्यापार र पछि पारस होटेल संचालन गरी पर्यटन उद्योगमा योगदान गर्नुभयो । आयात निर्यात साथै चेम्बरका तर्फबाट खाद्य संस्थानमा बस्नु भई अनाज सस्तो सुलभ विक्रि वितरण गर्न गहकिलो भुमिका खेल्नु भएको हो ।अन्त्यमा उहाँले आफैंले 'जनक दातव्य चिकित्सालय' स्थापना गरी रोगीहरूको उपचार गर्दै, सन्यास आश्रम र अन्य धार्मिक तथा सामाजिक संस्थाहरूमा योगदान पुर्याउनु भयो।

  • 1963-1964

    Past President

    Nepal Chamber of Commerce (Kantipath, Kathmandu)