Mr. Goverdhan Laal Maskey

Past President

मास्टर चण्डिलाल मास्केका सुपुत्र १९७१ साल फागुनमा महाबौद्ध काठमाण्डौँमा जन्मनुभएका श्री गोवद्र्धन लाल मास्केले दरबार स्कुल त्रिचन्द कलेजमा शिक्षा हासिल गर्नुभयो । २००४ सालमा श्री ३ पद्म शमशेर संग नेपाल छाडेर भारत जानुभई २००७ सालको क्रान्तीमा सक्रिय सहभागी हुनु भएको र फागुन ४ गते स्व राष्ट्रपिता श्री ५ त्रिभुवनको सवारीको साथ स्वदेश फर्कनु भएको थियो ।
श्री मास्के २००७ सालपछि ब्यापारमा लाग्नु भयो । २००९ मा नेपाल चेम्बर अफ कमर्सको अवैतनिक सचिव २०१७÷०१८ मा यसको अध्यक्ष रहनु भयो । २०१३ सालमा श्री ५ महेन्द्रको शुभ राज्याभिषेकको महान अवसरमा उहाँको कोरोनेशन होटेल उद्घाटन भएको थियो । 

२०१९ सालमा नेपाल ट्राभल एजेन्सी पनि खोल्नु भयो । यसरी पर्यटन र उद्योगमा उहाँले सक्रिय योगदान गर्नुभयो । वहाँ ब्यापारिक प्रमण्डलको सदस्य रही २०१५ सालमा संयुक्त अरव गणतन्त्र र युरोपको भ्रमण गर्नु भएको थियो । २०२० मा ए.पि.ओ.को सौजन्यमा जापान, अमेरीका र युरोपको भ्रमण गर्नुभएको थियो । लगातार ३ पटक सम्म नेपाल बैँकको संचालक समितिको डाईरेक्टर हुनुका साथै श्री मास्के नेपाल रेडक्रस संस्थाका आजीवन सदस्य, रोटरी क्लवको निवृत्त सदस्य तथा परोपकार संस्थाको सदस्य भै स्थापना कालमा निकै योगदान गर्नु भएको थियो । २०१८ मा शाही कर आयोगको सदस्य रहनुका साथै वहाँ गो.द.वा. चौँथो बाट विभूषित हुनु भएको थियो । पछिल्लो समय उहाँ अध्यात्मिक चिन्तनमा लाग्नु भएको थियो।

  • 1961-1962

    Past President

    Nepal Chamber of Commerce (Kantipath, Kathmandu)