Mr. Balkrishna Shrestha

Past President

पिता नन्द कृष्ण श्रेष्ठ र माता तुल्सिकुमारीका सुपुत्र बालकृष्ण श्रेष्ठको सन् १९१६ डिसेम्बरमा काठमाण्डौँको झोँछेमा जन्म भएको थियो । प्रतिष्ठित ब्यापारी परिवारका श्री श्रेष्ठले दरबार हाई स्कुलमा प्रारम्भिक शिक्षा प्राप्त गर्नुका साथै १९९० मा कलकत्ताको आदर्श विद्यालयबाट प्रवेशिका परिक्षा उतिर्ण गर्नुभएको थियो । त्रिचन्द्र कलेजमा ३ वर्ष अध्ययन पछि उहाँले पढाई छोडेर ब्यापार मा लाग्नु भयो । सुरुमा जवाहारात, औषधि वितरण हुदै सिनेमा हल संचालन गर्नु भएको थियो । उहाँ यस चेम्बरको अध्यक्ष पदमा २०२२/२३ देखि २०२४/२५ सम्म रहनु भयो । उहाँ पाकिस्तानको कराचीँमा अन्तर्राष्ट्रिय अफ्रो एशियाली सम्मेलनमा चेम्बरको तर्फबाट भाग लिनु भएको थियो ।

ब्यापार प्रतिनिधीमण्डलमा रहेर उहाँले मित्र राष्ट्र चिनको पनि भ्रमण गर्नु भएको छ । नेपाल बैँकमा संचालक समिति सदस्य, नेपालको परोपकार संस्था, मृत्यु संस्कार समिति, जुद्धोदय माबि र मन्दिरका संचालक सदस्य, आर्थिक सल्लाहकार परिषद र टोल रक्षा संघका सदस्य, नेपाल यातायात संस्थान, जुद्ध मैच फ्याक्ट्री नेपाल बिमा तथा तथा यातायात कम्पनी आदिमा हुनुहुन्थ्यो ।
यसरी उहाँले ब्यापारीक क्षेत्रका साथै समाजसेवामा पनि जीवन पर्यन्त लगाउनु भएको थियो ।

  • 1966-1970

    Past President

    Nepal Chamber of Commerce (Kantipath, Kathmandu)