नेपाल चेम्बर अफ कमर्सले कृषिको विकासमा सरकारको १० बर्षे लगानी नीति सम्वन्धमा कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी सहित सरोकारवाला निकायसंग बृहत अन्तरक्रिया सम्पन्न गरेको छ । चेम्बर अफ कमर्सको जडिवुटी तथा बनजन्य समितिद्धारा आयोजित कार्यक्रममा नेपालको कृषि विकासमा सरकारको १० बर्षे लगानी नीति, आत्मनिर्भर कृषिको सम्भावना र चुनौतीबारे निजी क्षेत्रका प्रतिनिधी सहित छलफल भएको थियो ।
कार्यक्रममा कृषिमन्त्री रामनाथ अधिकारीले पहिलो चरणमा कम्तिमा जिविकोपार्जन हुने गरी कृषिखेती गर्नका लागि सरकारले सहजीकरण गर्ने बताउनुभयो । कृषिमा आत्मनिर्भर हुने गरी अर्थतन्त्रको विकास र मुलुकलाई गरिवीबाट मुक्त गर्न सरकार प्रयासरत रहेको मन्त्री अधिकारीले बताउनुभयो । कृषि क्षेत्रमा आश्रित नागरिकको संख्या बढाएर बा“झो जमिनलाई खेतियोग्य बनाउन आफुले प्रयास गरिरहेको मन्त्री अधिकारीको भनाई छ । उहा“ले भन्नुभयो, ‘म आफैं पनि किसानको छोरो हु“ । कृषकको समस्याप्रति राम्रोसंग बुझेको छु, ।’
कृषि क्ष्ँेत्रमा सरकारले दिने अनुदान र सहुलियत ऋण बास्तविक कृषकले पाउने गरी व्यवस्था मिलाउन आफु प्रयासरत रहेको मन्त्री अधिकारीले बताउनुभयो । यस्तै कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि नीजि क्षेत्रसंग सहकार्य गर्न सरकार तयार रहेको मन्त्री अधिकारीको भनाई छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले आफ्नो जमिन बा“झो राखेर झण्डै ३ खर्व रुपैया“ हाराहारीमा कृषिजन्य बस्तुहरु आयात हुनु मुलुकका लागि दुर्भाग्यपुणर् भएको बताउनुभयो । अध्यक्ष अग्रवालले भन्नुभयो, ‘कुल गार्हस्थ उत्पादन जीडीपीमा कृषिको योगदान र वृद्धिदर घट्नु भनेको आयात बढ्नु हो, ।’