नेपाल चेम्बर अफ कमर्सले ७३ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका शाखा अधिकृत गोपाल प्रसाद भट्टराईलाई आज सम्मान गरेको छ । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले शाखा अधिकृत भट्टराईलाई सम्मान गरेको हो । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले प्रमाणपत्र एवं अर्थसचिव राम प्रसाद घिमिरेले दोसल्ला सहित शाखा अधिकृत भट्टराईलाई सम्मान गर्नुभयो । भन्सार विभागमा उत्कृष्ट सेवा प्रवाह गरेकाले भट्टराईलाई ७३ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा सम्मान गरिएको चेम्बर अफ कमर्सले जनाएको छ । भन्सार विभागकै सिफारिसका आधारमा शाखा अधिकृत भट्टराइलाई सम्मान गरिएको चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले बताउनुभयो । भन्सार प्रशासनमा उत्कृष्ट सेवा गर्दै आएका कर्मचारीलाई भन्सार दिवसका अवसरमा चेम्बर अफ कमर्सले प्रत्येक वर्ष सम्मान गर्दै आएको छ ।
सम्मान कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले भन्सार प्रशासन सुधार मार्फत व्यापार सहजीकरण गरिनुपर्ने बताउनुभयो । अध्यक्ष अग्रवालले भन्सार प्रशासन सुधार गर्दै सीमामा हुने चोरी पैठारीलाई नियन्त्रण गर्नुपर्नेमा जोडदिनुभयो । विश्व भन्सार संगठनबाट निर्धारित मुल्याङकन पद्धती अनुसार भन्सारमा सन्र्दभ मुल्यलाई खारेज गरी कारोबार मुल्यलाई मान्यता दिनुपर्ने अध्यक्ष अग्रवालको भनाई छ । सवै प्रकारका हार्मोनिक कोडहरुमा अध्ययन पुनरावलोकन गरी १० डिजिटको हर्मोनिक कोड कायम गरिनुपर्ने अध्यक्ष अग्रवालले बताउनुभयो । हार्मोनिक कोडको अस्पस्टताले गर्दा कुनै पनि प्रकारको भूत प्रभावित करको दायितत्व सिर्जना हुननहुने अध्यक्ष अग्रवालले बताउनुभयो । भन्सार कार्यलयहरुमा प्रज्ञापन पत्र दर्ता देखि सामान जाँचपास हुने अवस्थासम्म सवै प्रक्रीयाहरु छिटो छरितो र भण्झट रहित बनाईनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिनुभयो । विश्वव्यापार संगठन, विम्स्टेक र साफ्टा आदिमा गरिएका प्रतिवद्धता अनुसार विद्यमान भन्सारका दरहरुलाई घटाईनुपर्ने गरिनुपर्ने उहाँको भनाई छ ।